काठमाडौं ११ असोज– दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेलाबेलामा नियम कडा पार्छन् ।
लाइसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि ।

यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरेको हो । दसैं तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याइएको हो ।

चालकले जुत्ता लगाई सवारी चलाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ ।
कान्तिपुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here