विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

फरार रहेका चालक काभ्रेबाट पक्राउ

काठमाडौँ, १८ मङ्सिर –  महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्सिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ ।

परिसरको टोलीले मङ्सिर १२ गते बिहान ४ बजे कञ्चनपुर घर भई कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिई फरार रहेका चालक काभ्रेका ३६ वर्षीय कुमार श्रेष्ठलाई काभ्रेबाट पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार हत्या गरेर फरार रहेका श्रेष्ठलाई बा१५च ३२९३ नं को ओमिनो कार्गो भ्यानसहित काभ्रेबाट पक्राउ गरिएको हो । उनलाई भ्यान लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको हो ।

सवारीसाधनको ठक्करबाट मृत्यु भएका सिंह नेपाल प्रहरीका हवल्दार चक्रबहादुर सिंहका छोरा हुन् । चक्रबहादुरको द्वन्द्वकालमा २०५८ सालमा माओवादी आक्रमणबाट अछाम सदरमुकाम मङ्गलसेनमा निधन भएको थियो ।रासस

You might also like