विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अधिकृत सिंहको दुई करोडको सम्पत्ति अवैध दाबी

काठमाडौं — तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।

करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।

सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीउपर छानविनपछि आयोग भ्रष्टाचार मुद्धा चलाउने निष्कर्षमा पुगेको हो ।

सिंहसहित अवैध सम्पत्ति लुकाउन सघाएको आरोपमा पत्नी गीतदेवी, छोरा अनुपकुमार र अचल कुमारलाई समेत भ्रष्टाचारमा सजाय मागिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

You might also like