चुनढङ्गा खानी बन्द गर्न भण्डारीहरुको माग

35
510

प्युठान- प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ८ लुप्लुङका भण्डारीहरुले आफ्नो उद्गम स्थल नै संकटमा परेको भन्दै बिरोध जनाएका छन ।

नेपाल सरकारले गत २०६९ साल असोज १४ गते चुनढुङ्गा खानी उत्खनन तथा संचालनका निम्ति शुभ श्री अग्नी सिमेन्ट प्रा.ली. लाई अनुमति दिएको थियो । सो खानी संचालनमा आउँदा भण्डारीहरुको उद्गम स्थलमा रहेका लुप्लुङका ४०० घर धुरी नै प्रभावित हुने भएपछि स्थानियको बिरोध गरेका थिए ।

हाल आएर सो चुनढुङ्गा खानीले बिना योजना बाटो बनाउने, वन क्षेत्रको फडानी गर्ने र खानीको कारण खेतीयोग्य जमिन खण्डहरमा परिणत भएको र पानीको मुहान सुक्दै गएको आरोपस्थानियले लगाएका छन ।

यसअघि पनि खानी बन्द गराउनका लागी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा समेत आफुहरुको मागको सुनुवाई नभएपछि स्थानिय आन्दोलित भएका हुन । आफ्नो अस्तित्व नै सङ्कटमा परेपछि स्थानियहरुले चुनढुङ्गा उत्खनन बिरुद्धको संघर्ष समिती गठन गरेका छन । मदन भण्डारीको अध्यक्षतामा गठित सो समिती २९ सदस्य रहेको जनाइएको छ ।