विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सरकारको खर्चः १० वर्षमा गाडीमै ५४ अर्ब खर्च

काठमाडौं — सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०—६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकोमा त्यसपछि ह्वात्तै बढेर साढे २ अर्ब…

सरकारसँगै छैन वाइड बडी किनेको प्रमाण, पर्यटनमन्त्री भन्छन्– मसँग कागज छैन

काठमाडौं– नेपाल एयरलाइन्सको पहिलो वाइड बडी विमान आएको ५ महिना भयो। दोस्रो– ४ महिना। पर्यटनमन्त्री स्वयं अझै दोधारमा छन्– यी किनिएका हुन् कि भाडामा ! प्रमाण मागेर तुरुन्त हेर्न सक्ने मन्त्री रवीन्द्र अधिकारी बरु ‘ब्रह्म’ ले अनुमान गर्छन्,…

उपसचिवको हाजिर कपी लुकाइयो

काठमाडौँ– सरुवा भएर नगरपालिकामा खटाए पनि जान नमान्ने उपसचिवलाई हाजिर गर्नबाट रोक्ने क्रममा दुई पक्षबीच कपी खोसाखोस भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । आइतबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा हस्ताक्षर गर्न गएका उपसचिवको…

आफ्नै श्रीमती र छोराको हत्या गरेको अभियोगमा पक्राउ

रुकुम पश्चिम, २ मंसिर-आफ्नै श्रीमती र छोरालाई भरुवा बन्दुक तथा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-१ बल्लेजुरा बस्ने ४९ वर्षीय भक्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।भक्तबहादुरले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा…

मेयरको ठेक्कामा शून्य काम

सुर्खेत– समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दापनि पूरा भएको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ । विद्युत् पोल विस्तारको…

‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

काठमाडौं — नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ ।

बेरोजगारीका नाममा ठुला व्यापारीलाई ५० करोडसम्म

काठमाडौं — विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका…

वामदेवलाई अर्को झड्का, प्रधानमन्त्रीद्धारा प्रस्ताव अस्वीकार

काठमाडौं — राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । रुष्ट गौतमले गैरनाफामुलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र…

निर्मला हत्या प्रकरण: धर्नामा विप्लवका नेताको ऐक्यबद्धता

कञ्चनपुर — छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डिडी पाण्डेले एक्यवद्धता जनाएका छन् । मंगलबा धर्ना स्थलमा पुगेर…

गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो

काठमाडौं– कास्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठक्का तोडेको छ । बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले…

सुस्तायो नेकपा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का माथिल्लो तहका छलफल तथा बैठकहरुमा सुस्तता आएको छ । दसैलगत्तै स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष ओली केही दिन अस्पतालमा भर्ना भएका थिए ।…

दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत

बर्दिया — ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् ।…

कांग्रेसभित्र फेरि किचलो

काठमाडौं  — विधि र प्रक्रियालाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजयकुमार गच्छादारलाई मनोनित गरेको भन्दै कांग्रेसभित्र फेरि किचलो शुरु भएको छ । गत निर्वाचनमा तत्कालीन नेपाल लोकतन्त्रिक फोरमसाग पार्टी एकता गर्दा भएको…

नेकपामा नयाँ धार

काठमाडौं — तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ । पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको हो। सत्तारूढ दल नेकपाको…

कुटपिटबाट ज्यान गएपछि आठजना प्रहरी नियन्त्रणमा

परासी, २४ कात्तिक  : पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत भएको…

पक्राउ परेका जुवाडे, छुटाउन राजनीतिक दबाव

धनगढी २१ कात्तिक- जिल्ला प्रहरी कार्यालय कैलालीले जुवातास खेलिरहेका जुवाडेहरुलाई २ लाख ७४ हजार ८ सय ४५ रुपैयाँसहित  २० जना  पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई छुटाउन प्रदेशका मन्त्रीका पिएदेखि स्थानीय राजनैतिक दलका प्रमुखहरुले समेत दवाव…

अब विदेश जाँदा १५ सय डलरमात्रै लान पाइने

काठमाडौँ — अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गरेर बैंकहरूलाई यस्तो निर्देशन दिएको हो । बिनाप्रयोजन विदेश जाने…

सरकारले उचित कदम चाल्न नसक्दा निर्माणाधीन पन्ध्र सय पुल अलपत्र

काठमाडौं - आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा वर्सेनि दर्जनौँ मानिसको मृत्यु हुँदा पनि मुलुकमा पुल निर्माण कार्यले गति लिन सकेको छैन । आजको गोरखापत्रमा समाचार छापिएको छ । एकातर्फ डुङ्गा दुर्घटना र नदी…

स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

रुपन्देही - रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ । मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए…

अधिकृत सिंहको दुई करोडको सम्पत्ति अवैध दाबी

काठमाडौं — तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय…

स्मार्ट लाईसेन्समा बेथितिः सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा

काठमाडौं — सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो । सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन नहुँदा…

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको ज्यान गयो

काठमाडौं —  पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ । यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन्। आर्थिक वर्ष २०६४÷६५ देखि १०७४÷७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले…

राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्धा

काठमाडौं — निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी…

वीर अस्पतालमा करोडौं अनियमित, बोलपत्रमा टिपेक्स लगाउँदै सच्याउँदै

काठमाडौं । वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ। उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ। केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनमा अस्पताल प्रशासनका अधिकारीले बोलपत्रमा…

यस्तो छ कारण स्थापितलाई बिस्थापित हुनुकाे

मकवानपुर - तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री…

त्रिविमा प्राध्यापकहरूको हेपाहापनस : तलब सरकारी, पढाउने निजीमा

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक-कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी…

मोदी फेरि नेपाल आउँदै , किन अाउछन घरी घरी

काठमाडौं  - भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् । उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ । उनले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन…

रोनाल्डो र ध्रुवेको भरमा चितवन राष्ट्रिय निकुञ्ज

चितवन– हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई…

सांसदलाई ल्यापटप दिइँदै

प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार…

भारत हुँदै बाहिर जान नो अब्जेक्स सर्टिफिकेट र फर्कंदा भिसा चाहिने

भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा…