एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा ! नियममा कडाइ नतिजा जस्ताकाे तेस्तै

49
937

                                                                                                                                                                                               सराेज खनाल

काठमाडौं – जाँडरक्सी खाएर सवारीसाधन चलाउनु गलत काम हो । यो नबुझ्ने चालक कोही नहोला तर अनेकौ बहानामा  जाँडरक्सी खाएर सवारीसाधन चलाउनेहरु बढिरहेका छन् ।पछिल्लो समय मापसे दुर्घटना न्यूनीकरणका लागि  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसे जाँचमा कडाइ गरको छ ।

 

 यस्तो छ  तथ्यांक

उपत्यकामा आर्थिक वर्ष २०६८/०६९ मा १ सय ८७ महिला र ३९ हजार ४ सय ८० पुरुष गरी जम्मा ३९ हजार ६ सय ६७ जना, आर्थिक वर्ष २०६९/०७० मा २ सय ८७ महिला र ५१ हजार ९ सय ९३ पुरुष गरी जम्मा ५२ हजार २ सय ८० जना, आर्थिक वर्ष २०७०/०७१ मा ३ सय ७५ महिला र ५४ हजार १ सय ६० पुरुष गरी जम्मा ५४ हजार ५ सय ३५ जना, आर्थिक वर्ष २०७१/०७२ मा ३ सय ९ महिला र ३५ हजार ७ सय ५६ पुरुष गरी जम्मा ३६ हजार ६५ जना जना कारवाहीमा परेका छन् ।

यस्तै आर्थिक वर्ष २०७२/०७३ मा २ सय ३४ जना महिला र २ हजार ९ सय ८८ पुरुष गरी जम्मा २९ हजार २ सय २२, आर्थिक वर्ष २०७३/०७४ मा ९७ महिला र २८ हजार ७ सय ९९ पुरुष गरी जम्मा २८ हजार ८ सय ९६ जना, आर्थिक वर्ष २०७४/०७५ को ११ महिनाको अवधीमा ५८ महिला र ३२ हजार २ सय ३४ पुरुष गरी ३२ हजार २ सय ९२ जनालाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

२ महिनामा  ६१ लाख ४४ हजार राजश्व संकलन

अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३ हजार ३ सय ९६ ले बढि हो । जसमध्ये आर्थिक वर्ष २०७४/७५ मा ३ एम्बुलेन्स समेत कारवाहीमा परेका छन् । आर्थिक वर्ष २०७५/०७६ को २ महिनाको अवधीमा मात्र २२ महिला र ६ हजार १ सय २२ जना पुरुष गरी जम्मा ६ हजार १ सय ४४ जना मापसे कारवाहीमा परेका छन् । यो २ महिनाको अवधिमा मात्र प्रहरीले ६१ लाख ४४ हजार राजश्व संकलन गरेको छ ।

दुर्घटना न्यूनिकरणलाई मध्यनजर गर्दै सचेतना कक्षा सञ्चालन

दुर्घटना न्यूनिकरणलाई मध्यनजर गर्दै ट्राफिक नियमबारे सडक प्रयोगकर्तामा ज्ञानको अभाव तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारबाहीमा परेका सवारी चालकहरुका अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरिँदै आएको छ ।
कार्यालयले सवारी दुर्घटना न्यूनिकरण अभियान अन्र्तगत कारबाहीमा परेका चालकहरुलाई सचेतना कक्षा सञ्चालन गर्दै आएको छ भने मापसेलगायत अन्य जाँचलाई समेत कडाई गरेको छ ।

महाशाखाका अनुसार यसै आर्थिक वर्षमा कारवाहीमा परेका ३२ हजार २ सय ९२ जनामध्ये २८ हजार १ सय ११ जनालाई सडक सचेतना सुरक्षा सम्बन्धी कक्षामा समेत सहभागी गराइएको छ भने लेन अनुशासनको कारवााहीमा परेका ४९ हजार ७ सय जनामध्ये ४८ हजार ९ सय जनालाई सडक सचेतना कक्षामा सहभागी गराइएको छ ।

सचेतना कक्षाले आपराधिक क्रियाकलाप न्यूनिकरण भएकाे दाबी

यस्तै महाशाखाले दुर्घटना न्यूनिकरणका लागी  सचेतनाका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै अाएकाे छ यसका कारण अपराधिक क्रियाकलाप, ट्राफिक नियम उल्लंघनमा कमी आएको र पारिवारिक सद्भाव समेत बढेको महानगरीय ट्राफिक महाशाखका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

यस्ताे छ कानुनी प्रकृया

मापसे गरी सवारी चलाउनेलाई लाइसेन्स जफत गरी सुध्रिने मौका स्वरुप सचेतना कक्षा सञ्चालन गरिएको र यसले मापसे सेवन गरी सवारी चलाउने तथा नियम मिच्नेको संख्यामा कमी आएको लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता चालकलाई महाशाखामा बोलाएर विशेष तालिम दिएपछि मात्र सवारी चालक अनुमतिपत्र फिर्ता दिने गरेका छौँ ।’

११ मृत्यु, १५ गम्भीर घाइते

गत आर्थिक वर्षमा मापसेका कारण सवारी दुर्घटनामा परेका २ सय ११ जनामध्ये ११ जनाको ज्यान गएको, १५ गम्भीर घाइते र १ सय ७३ जना सामान्य घाइते भएको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको थियो । विशेष गरी चालक चेतनाको अभावले भन्दा लापरवाही र हेपाहा प्रवृतिका कारण मापसे गरी सवारी चलाउने गरेको महाशाखाका प्रहरी उपरिक्ष लम्सालले बताए ।

हेल्चेक्र्याई बढी

चालकमा चेतना नभएको भन्दा पनि हेपाहा प्रवृत्तिका कारण मापसे गरेर सवारीसाधन चलाउने गरेको ट्राफिक प्रहरीले बताएको छ । कारबाहीमा पर्नेहरुमा महिला भन्दा परुषहरुको संख्या बढी छ ।सरकारी सवारी चालक र एम्बुलेन्स चालक नै बेला–बेला मापसे कारबाहीमा पर्नु लापरबाहीको पराकाष्ठा पनि हो ।

जरिवाना पनि बढ्यो

यसैगरी मापसे सेवन गरी सवारी चलाउने चालकको समेत जरीवाना दोब्बर पारेको छ । मापसे गरे वापत पहिले लिने गरेको ५ सय जरीवानालाई अहिले १ हजार पुर्याइएको छ । अझै पनि मादक पदार्थ सेवन गरी सवारी चलाउने एकै चालक ५ पटकसम्म पक्राउ परेको तथ्याङ्क पनि ट्राफिक प्रहरीसँग छ । यस्ता चालकलाई ६ महिनासम्म अनुसाशन कारवाही गरी नयाँ लाइसेन्सका लागि स्वीकृती दिने व्यवस्था महाशाखाको छ ।

महिला भन्दा पुरुष चालकले गर्छन् सवारी चलाउँदा लापरबाही

काठमाडौंमा पछिल्लो ८ वर्षको तथ्याङ्क हेर्दा १ हजार ५ सय ६९ महिला र २ लाख ७७ हजार ५ सय ३२ पुरुष गरी जम्मा २ लाख ७९ हजार १ सय १ जना मापसे कारवाहीमा परेका छन् । जसबाट २७ करोड ९१ लाख ७ हजार राजस्व संकलन भएको छ । महाशाखाका अनुसार मापसे गरी सवारी चलाउनेमा महिलाको संख्या घट्दो क्रममा भए पनि पुरुषको संख्या बढ्दो छ ।

 

मापसे गरेर सवारी चलाउनेमा नीजि गाडी र मोटरसाइकल मात्र नभइ एम्बुलेन्स र स्कुल बस जस्ता सरकारी गाडीहरु समेत रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ तर मापसे गरी सवारी चलाएका सरकारी गाडीहरुको एकिकृत तथ्याङ्क भने महाशाखा सँग छैन ।