पचास हजार घुस रकम सहित अधिकृत र खरिदार नियन्त्रणमा

काठमाडाै २४ असोज – मालपाेत कार्यलय कास्कीका अधिकृत खेमनारायण पाैडेल र खरिदार सञ्जय शर्मालार्इ घुस लिदै गर्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएकाे छ।

जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिइ गएको टोलीले  पाैडेल र शर्मालार्इ रु. पचास हजार घुस रकम लिएको अवस्थामा  कार्यालयबाटै मंगलबार नियन्त्रणमा नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको अायाेगका सह-सचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।