१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २३ मंसिर
काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने १४ वर्षीया बालिकालाई ललाई फकाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको अभियोगमा जडीबुटी नरेफाँट बस्ने १८ वर्षीय दिपराज बुढालालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।