हातहतियार तथा विष्फोटक पदार्थ बरामद

16
253

मकवानपुर, ०६ मंसिर
मनहरी गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३० बर्षीय ईमान बहादुर थिङ्गको घरमा बुधबार प्रहरीले खानतलासी गर्दा हातहतियार तथा विष्फोटक पदार्थहरु बरामद गरेको छ ।
बिष्फोटक पदार्थ लगायत हातहतियार समेत लुकाई छिपाई राखिएको छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरी र लेबटबाट खटिएको प्रहरी टोलीले थिङ्गको घरमा खानतलासी गर्दा कटुवा बन्दुक थान–१, सोही कटुवामा लाग्ने १२ बोरको गोली राउण्ड ३, ३७ नम्वरको डेटोनेटर थान–३, २७ नम्बरको डेटोनेटर थान–२, बिजुलिको तार अन्दाजी २ सय मिटर, सकेट पाईप थान–१, सर्किट व्याट्रि थान–२, जिलेटिन पहेलो रङको १ सय ग्राम, डेटकर्ड तार २ मिटर, बारुद बनाउने सेतो रङको कच्चा पदार्थ ३ सय ग्राम, कालो रङको बारुद १ सय ५० ग्राम, एस.एल.आर.राईफलको पुरानो म्याग्जिन थान–१, ईन्सास राईफलको पुरानो म्याग्जिन थान–१, राईफलको तेल २ सय मिलि लिटर, नेपाली सेनाको पाईन्ट थान–१, सशस्त्र प्रहरीको चुस्ताको सर्ट थान–१, जनमुक्ति सेनाको कमब्याडको टोपि थान–२, हाम्रो संश्लेषण र साम्यवादका बिशेषताहरु लेखिएको किताब १/१ थान बरामद गरेको हो ।
घरधनी ईमान बहादुर थिङ्ग घरमा फेला नपरेको र थिङ्ग द्वन्द्वको समयमा जनमुक्ति सेनामा रहेकोमा हाल नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का सक्रिय कार्यकर्ता भएको भन्ने बुझिन आएको छ ।
उनको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।