नेपालगन्ज,  १ असोज ।

स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय मातहत रहेका स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गर्ने कार्य सुरु गरेको छ ।
देशमै पहिलो पटक स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरणको सुरुवात गरिएको सम्भवतः यो पहिलो जिल्ला हो ।
संवैधानिक व्यवस्था अनुसार बाँके जिल्ला जनस्वास्थ्य कार्यालयको मातहतमा रहेका यस जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले आज यहाँ आयोजित एक कार्यक्रममा स्थानीय तहलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा सचिव डा रेग्मीले स्थानीय निकायका पदाधिकारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ कार्य सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here