स्पेनिस ला लिगा फुटबलमा एइबरलाई पराजित गर्देै बार्सिलोना बिजयी

18
447

 

काठमाडौं, ४ असोज ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइबरलाई हराएको छ । हिजो मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ ले हराएको हो ।
लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे । यस्तै पाउलिन्हो र डेनिस स्वारेजले एक–एक गोल गरे । एइबरका लागि एनरिचले एक गोल फर्काए । मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म १२ गोल गरिसकेका छन् । लगातार पाँचौं जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको १५ अंक भएको छ ।