स्कुटर चोरी गर्ने पक्राउ

13
220

काठमाडौँ, १४ पुस । पार्किङ गरी राखेको स्कुटर चोरी गर्दै गरेको अवस्थामा बौद्ध बस्ने ओखलढुंगाको रगानी घर भएका ३० बर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट मोवाइल गस्तीमा खटिएको प्रहरी टोलीले शेर्पालाई गएराति काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर जडिबुटी स्थित स्माईला डान्सबार अगाडी पार्किङ गरी राखेको बा.५०प १७७ नम्वरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।