स्कुटर चोरी गर्ने पक्राउ

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिका–२६ ज्याठा स्थित होटल ज्यूडिङ अगाडी पार्किङ गरी राखेको बा.९०प १५४० नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा धादिङको गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ सितापाईला रामकोट बस्ने २१ बर्षीय ज्ञानबहादुर तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।