सोलुखुम्बु जिल्लाको नेचासल्याङ गाउँपालिका–६ तिङ्लामा मतदान शून्य

सोलुखुम्बु, १४ असार ।

जिल्लाको नेचासल्याङ गाउँपालिका–६ तिङ्लामा आज शून्य मतदान भएको छ ।
स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोध स्वरुप मतदान गरेका छैनन् ।
नेचासल्याङ–६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडी बढाए पनि सो समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।
नेचासल्याङ गाउँपालिका–६ तिङ्लामा दुई हजार ४७६ मतदाता रहेका छन् । सो वडामा कसैले पनि उम्मेदवारी दिनुभएको छैन् । सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचा कल्याङ गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको सङ्घर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिनुभयो ।
स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरामाइलो लागे पनि त्यो आफूहरुको बाध्यता भएको बताउनुभयो ।