सेफ्टी ट्याकमा निसासिएर तीनको मृत्युु

9
256

रौतहट, ११ असोज 

यमुुनामाई गाँउपालिकाकोे एउटा निर्माणाधीन सेफ्टी ट्याकमा निसासिएर आज तीन जनाको मृत्युु भएको छ ।
यमुुनामाई गाँउपालिका¬–१ शुकदेव चौकस्थित वकिल बैठाको निर्माणाधीन ट्याकमा दुुई मजदुर र घरधनीको छोरोको निसासिएर मृत्युु भएको प्रहरीले जनाएको छ ।
मृत्युु हुुनेमा देवाही गोनाही नपा–२ का ३० वर्षीय नागेश्वर माझी, परोहा–१ का ३१ वर्षीय विजय बैठा र घरधनीका छोरो ३० वर्षीय मुुना बैठा रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिनुुभयो ।
प्रहरी निरीक्षक रेग्मीका अनुुसार आज दिउँसो करिब १२ बजे निर्माणाधीन ट्याकीको सेन्टिङ भित्रबाट खोल्न जाँदा पहिले दुुईजना मजदुुरको निसासिएर ज्यान गएको थियो ।
केही समयपछि ट्याकीभित्र हेर्न गएका घरधनीको छोराको मृत्युु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको छ । मृतकका शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निर्माणाधीन ट्याकी करिब १२ फिट गहिरो रहेको बताइन्छ । घटनापछि अवस्था हेर्न छिरेका एकजना प्रहरी जवान समेतको अवस्था नाजुुक भएपछि डोजरबाट ट्याकी फोडेर मृतकलाई बाहिर निकालिएको प्रहरी निरीक्षक रेग्मीले बताउनुुभयो ।
प्रहरी जवानको उपचार पछि अवस्था ठीक भएको छ ।  (रासस)