सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

1
316

बाबियाचौर (म्याग्दी) ४ असोज  

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि आज दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
सडक फराकिलो बनाउने काम भइरहेको ठाउँमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।
डोजर परिचालन गरेर पहिरो हटाएर सडकमा यातायात सुरु गराउन पहल भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिङ शेरचनले बताउनुभयो ।
उहाँका अनुसार पहिरो ठूलो खसेकाले तत्कालै सडक खुलाउन सम्भव छैन् । मानिसहरू समेत आवत जावत गर्न कठिन छ । सडक अवरुद्ध हुँदा मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध गरेर घर फर्कन लागेका तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक र स्थानीय बासिन्दा प्रभावित भएका छन् ।