सीमा नाका तीन दिनका लागि बन्द

0

विराटनगर, १२ असार ।

नेपाल–भारतको सीमा नाका आज बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
असार १४ गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द गरिएको र असार १५ गतेदेखि पूर्ववत् रुपमा सीमा नाका सुचारु हुने प्रजिअ यज्ञराज कोइरालाले जानकारी दिनुभयो ।
शान्ति सुरक्षालाई मध्य नजर गरी आपराधिक घटना हुन नदिने उद्देश्यले दुवैतर्फ सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासमेत मिलाउने सहमति भएको प्रजिअ कोइरालाले उल्लेख गर्नुभयो । रासस

Facebook Comments