सिन्धुपाल्चोकमा सर्वाधिक राशीको फुटवल प्रतियोगिता हुदै

23
368

सिन्धुपाल्चोक, १ असोज ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउपालिकामा तिहारको अवसरमा फुटवल प्रतियोगिता हुने भएको छ । इन्द्रावती गाउपालिका को वडा नम्बर ४ मा अबस्थित नवलपुर युनाइटेड क्लब ले तिहार को अबसरमा प्रथम जिल्ला स्तरीय फुटबल टुनामेन्ट आयोजना गर्ने भएको हो । जिल्लाकै सर्वाधिक पुरस्कार राशी रु १ लाख ८० हजार राखेर सो प्रतियोगिता न्द्रावती गाउपालिकाकोे वडा ५ मा अबस्थित डडुवाखर्क मैदानमा आयोजना गर्न लागेको युनाइटेड क्लबका अध्यक्ष चीन लामा ले बताउनुभयो ।
यसअघि पनि क्लब ले सोनाम लोसारको अबसर पारी प्रथम क्षेत्रीय डब्लुटिएफ टुनामेन्ट आयोजना गरेको थियो। क्लब ले त्यसभन्दा अघि पनि दशैको अबसरमा प्रथम ६ नम्बर इलाका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ । खेल यहि असोज २५ गतेदेखि सुरु हुने र खेलको फाइनल भने लक्ष्मीपुजा का दिन कात्तिक ३ गते हुने आयोजक ले जनाएको छ। खेलमा प्रथम हुने टिमलाइ रु १ लाख ८० हजार नगदसहित मेडल,कप,र प्रमाण पत्र दोस्रो हुने लाई ९९ हजार नगदसहित मेडल,कप,र प्रमाणपत्र र तेस्रो हुने टिमलाइ ५१ हजार नगदसहित मेडल,कप र प्रमाणपत्र बितरण गर्ने आयोजकले जनाएको छ।
यहि असोज ११गतेदेखि २२ गतेसम्म १० हजार रुपैया तिरेर टिम दर्ताका लागी क्लबको भवन नवलपुर मा सम्पर्क गर्न सकिने छ । जिल्लामा भएका खेलाडी हरुको प्रतिभा निखार्न र राष्ट्रिय स्तरमा परिचित गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष लामा को भनाइ छ । प्रतियोगिता मा उत्कृष्ट हुने खेलाडी लाई १५ हजार नगद सर्वा्धिक गोलकर्ता लाई १५ हजार बेस्ट किपर १० हजार र बेस्ट डिफ्रेन्दर लाई १० हजार नगद ले सम्मान गरिने आयोजकले जनाएको छ । पहिलो चोटि टिम दर्ता गर्ने टोलिलाइ विशेष छुट को ब्यबस्था गरिएको छ । यस प्रतियोगिताले सिन्धुपाल्चोकको प्रतिभा उजागर हुने आयोजकले बिश्वास लिएको छ ।