सिन्धुपाल्चोकको पाँचपोखरीमा पुर्णिमा मेला सुरु

अर्जुन ढुंगाना
मेलम्ची सिन्धुपाल्चोक, १२ साउन ।
सिन्धुपाल्चोक को पाँचपोखरीथाङ्पाल गाउँपालिकामा पाँचपोखरी मेला सुरु भएको छ। भौगोलिक हिसाब ले बिकट मानिने र मेलम्ची बजार बाट पैदल हिडेर झन्डै २ दिन लाग्ने पाँचपोखरीमा जनैपूर्णिमाको बेलामा मेला लाग्ने गरेको छ । ग्रामीण मोटर बाटो भोताङ सम्म पुगेता पनि ऐले बर्षा को कारण तिपेनी सम्म मात्र यातायात सुबिधा रहेको र त्यहा बाट दुइदिन को पैदलयात्रा गरेर पाँचपोखरी जानुपर्ने तिपेनीका स्थानिय राजेश हिमालयनले बताउनुभयो । धेरै चिसो र उच्च हिमाली क्षत्र मा रहेको पाँचपोखरी मेलामा आउन भक्तजनहरुले एकदमै सकस ब्यहोरेर यात्रा मा सरिक हुनुपर्ने गुनासो गरेका छन् । ऐतिहासिक धरोहर बोकेको पाँचपोखरी मेलाको उचित प्रचारप्रशार हुन नसक्दा पर्यटकिय क्षेत्र पाँचपोखरीको अस्तित्व संकटमा परेको स्थानियहरुको गुनासो छ । आधारभुत यातयात र सञ्चारको सुबिधा पुगे पर्यटन ब्यवसायकाट पनी लाभ लिन सकिने सरोकारवालाहरुले बताएका छन् ।