सल्यानमा बस दुर्घटना, ३ को मृत्यु

काठमाडाै ८ माघ ।   रुकुमबाट दाङको घोराही आउँदै गरेको यात्रुबाहक बस सल्यानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उनीहरुको पहिचान हुन सकेको छैन । ना ५ ख ५०३१ नम्बर यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिकाको भण्टाखोलामा सडकबाट करीब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बसमा सवार २१ जनालाई सकुशल उद्धार गरिएपनि यात्रुको संख्या भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।