सर्लाहीमा ट्याक्टर दुर्घटना, घटनास्थलमै चालकको मृत्यु

सर्लाही १८ पुस। बाग्मती नगरपालिका–६ चाँदनीघाटमा ना.४ त ७८६८ नम्बरको ट्याक्टर मंगलबार दुर्घटना हुँदा चालक बरहथवा नगरपालिका–६ बस्ने २४ वर्षीय राजिनन्द महतको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरमा सवार बाग्मती नगरपालिका–७ बस्ने २७ वर्षीय सुनिलकुमार साह घाइते भएकोले उपचारको लागि बीरगंजतर्फ लगिएको छ ।