समिपको यात्रा , साहित्यदेखी मोडलिङसम्म..

काठमाडौ, २६ साउन ।
आजभोली गितका भिडियोहरु हेर्दा नया अनुहारहरु प्रशस्त देख्न सकिन्छ । बिगत २ बर्षअघी नेपाली संगित क्षेत्रले एउटा मोडललाइ स्वागत ग¥यो ति हुन् गोरखा पालुंटार नगरपालिका ९ मिरकोट पिपलटारीका समिप अधिकारी ।

२० बर्ष अघि गोरखाको साबिक मिरकोट गाविस ५ पिपलटारीमा जन्मिएका समिप मोडलमात्र होइन साहित्यकार पनी हुन् । सानैदेखीको आफनो रुची गाएन, नृत्य र साहित्यजस्तो बाहिरीकुरामा भएको समिप बताउछन् । बिशेषगरी आफुलाइ गजल लेख्न बढी रुची राख्ने अधिकारीका केही गजल तथा साहित्यिक खुराकहरु राष्ट्रिय र स्थानिय पत्रिकामा समेत प्रकाशित भएका छन् । २०७० सालमा एस एल सि पास गरेका समिपले साहित्यलाइ यथावत राख्दै आफ्नो सानैदेखीको रुची मोडल भएको बृन्दा अनलाइन संगको कुराकानीमा सुनाउनुभयो ।

साहित्यमा लागेको मान्छेलाइ मोडल हुन सजिलो छ?? हाम्रो यो प्रश्नमा हासेरै उत्तर दिए समिपले, मनमा आँट र गोजीमा गाँठ भयो भने के असम्भव छ र??बिगत २ बर्ष अगाडी हरिराम परियारको गित, गोरखाको बस नामको गितबाट मोडलिङ यात्रा सुरु गरेका समिपको अहिले बजारमा दर्जन भिडियो आएका छन् भने केही आउनेक्रममा छन् । आफुले गरेको काममा उहाँ सन्तुष्ट छु भन्नुहुन्छ । यो क्षेत्रमा पैसा कमाउन सकिन्न भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ पैसा त नेपालमा के मा कमाइन्छ र? कित भ्रस्टाचार नै गर्नुप¥यो नभए खाडी पस्नुप¥यो तर पैसा भन्दापनी आफ्नो ब्यक्तीत्व राम्रो छ, यो क्षेत्रमा ।गोरखाको त्यो रमणिय बातावरणलाइ छोडेर काठमाडौको उकुसमुकुसमा रमाइरहेका समिपले अहिलेका भड्किला गित र भिडियो आएको प्रति चिन्ता ब्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ यहाँ पैसासंग इमान बेचिदैछ ।
आफ्नो जिवन मोडलिङमै बिताउने सोच भएका समिप अहिले म्युजिक भिडियोमै ब्यस्त हुन थालेका छन् ।