समानुपातिकतर्फ अहिलेसम्मको ताजा मत परिणाम (राप्रपा विवेकशीललाइ पछ्याउदै )

18
297

काठमाडौं २६ मंसिर
मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको घोषणा भइरहेको छ । अब प्रत्यक्ष तर्फको मत परिणाम अन्तिम चरणमा पुगेको छ ।

यतिबेला देशभर समानुपातिकतर्फको पनि मतगणना धमाधम भइरहेको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म समानुपातिकतर्फ पनि नेकपा एमालेले बढी मत पाइरहेको छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

माओवादी केन्द्र भने निकै पछाडि देखिएको छ । रवीन्द्र मिश्रको साझा पार्टी चौथो अवस्थामा देखिएको छ भने राष्ट्रिय जनता पार्टी पाचौ, राप्रपा छैठौ स्थानमा छ ।

कुन दलको कति मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य 1506467
नेपाली काँग्रेस रुख 1415980
एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडा लिएका गोलाकारभित्र हसिया हथौडा 597722
संघीय समाजवादी फोरम, नेपाल हातले समातेको मशाल 141790
राष्ट्रिय प्रजातन्त्र पार्टी गाई 93750
विवेकशील साझा पार्टी तराजु 91412
राष्ट्रिय जनता पार्टी नेपाल छाता 86657
नयाँ शक्ति पार्टी, नेपाल देब्रे आँखा 46556
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गोलाकारभित्र हलो 30943
राष्ट्रिय जनमोर्चा गिलास 30290