समानुपातिकतर्फ अहिलेसम्म कुन दलले कति मत ल्याए ? (मत परिणाम सहित)

0
333

काठमाडौं २५ मंसिर
मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको घोषणा भइरहेको छ । अब प्रत्यक्ष तर्फको मत परिणाम अन्तिम चरणमा पुगेको छ ।

यतिबेला देशभर समानुपातिकतर्फको पनि मतगणना धमाधम भइरहेको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म समानुपातिकतर्फ पनि नेकपा एमालेले बढी मत पाइरहेको छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

माओवादी केन्द्र भने निकै पछाडि देखिएको छ । रवीन्द्र मिश्रको साझा पार्टी चौथो अवस्थामा देखिएको छ भने राष्ट्रिय जनता पार्टी पाचौ, राप्रपा छैठौ स्थानमा छ ।

कुन दलको कति मत

एमाले ६,३८,५१२
कांग्रेस ६,०६,६३१
माओवादी केन्द्र २,६५,५३७
विवेकशिल साझा पार्टी ३६,२३६
राजपा २७,२५१
राप्रपा २७,२७२
संघीय समाजवादी फोरम २७२७२
नयाँ शक्ति पार्टी नेपाल २३,३३२
राप्रपा प्रजातान्त्रिक १२,५८४
राष्ट्रिय जनमोर्चा ९५७९