सप्तरीको खडक नगरपालिकाको मतगणना अवरुद्ध

18
244

लहान, ६ असोज 

सप्तरीको खडक नगरपालिकाको मतगणना आज साँझदेखि अवरुद्ध भएको छ ।
खडक नगरपालिका–१० को मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केही दलका प्रतिनिधिले मतगणना बहिष्कार गरी बाहिरिएपछि मतगणना साँझ ६ बजेबाट अवरुद्ध भएको हो ।
नेकपा (एमाले), राजपा, संघीय समाजवादी फोरम नेपाललगायत दलका उम्मेदवार र प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रबारे निर्णय नभएसम्म मतगणनामा सहभागी नहुने अडान लिएका छन् ।
यता खडक नगरपाकिकाको निर्वाचन अधिकृत रीताकुमारी बख्रेलले निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्रका विषयमा विवाद भएकाले मतगणना केही समय रोकिएको जानकारी दिँदै विवाद मिलाउने प्रयास भइरहको जानकारी दिनुभयो । रासस