सत्ता हस्तान्तरण गर्न आतर छु : प्रधानमन्त्री देउवा

16
282

काठमाडौं, ११ पुस । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नयाँ सरकारलाई  सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले संवैधानिक प्रक्रिया पूरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू केन्द्रित भएको पनि स्पष्ट पारेका छन् ।
चितवनको सौराहामा मंगलबार आयोजित १४ औं चितवन हात्ती महोत्सवको उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले काग्रेंस नेतृत्वको सरकारले प्रदेश र संघको निर्वाचन गराउन सफल भएको पनि स्मरण गराए ।
प्रधानमन्त्री देउवाले लोकतन्त्रको सुदृढिकरण गरी मुलुकको समग्र विकास गर्न नेपाली काँग्रेस लागि परेको दावी पनि गरे ।रातोपाटी