सचेत रहनुहोस भोली पनी भिषण पानी पर्छ ।

काठमाडौ,२८ साउन ।

साउन महिना सकिन लाग्दैगर्दा वर्षाको गतिविधि देशभर नै सक्रिय भइरहेको छ । बर्षका कारण देशभर बाढी र पहिरोले सताएको छ । आइतबार पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारदेखि पानी पर्ने क्रम जारी रहेकाले देशका अधिकांश जिल्ला डुबानमा परेका छन् । जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालका अनुसार आइतबार पनि भारी वर्षा हुने सम्भावना रहेको छ ।
मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेकाले नेपालमा मनसुनी गतिबिधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ ।
बर्षका समयमा नदी तथा खोलाहरुको जलस्तर बढिरहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान बिभागको बाढी पूर्वानुमान शाखाले अपिल गरेको छ ।