संसद र प्रतिनिधि सभाको दोश्रो चरणको मतदान सुरु, हेर्नुस् आजको चुनावको अंकगणित

सरोज खनाल
काठमाडौं, मंसिर २१
संविधान जारी भएपछि पहिलो पटक भइरहेकोसंसद र प्रतिनिधि सभा चुनावको दोश्रो चरणको मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि विभिन्न ४५ जिल्लामा सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।
हेर्नुस् आजको चुनावको अंकगणितः
चुनाव हुने जिल्ला संख्याः ४५
प्रदेश १ः इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ् र सुनसरी
प्रदेश २ः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट
प्रदेश ३ः सिन्धुली, मकवानपुर, चितवन, काभ्रपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश ४ः तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी पूर्व
प्रदेश ५ः पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ्, प्युठान, बाँके, बर्दिया र नवलपरासी पश्चिम
प्रदेश ६ः सल्यान, सुर्खेत र दैलेख
प्रदेश ७ः कैलाली, कञ्चनपुर, डडेलधुरा, अच्छाम र डोटी
प्रत्यक्ष तर्फको अंकगणितः
संसदमा जाने प्रतिनिधिः १२८
प्रादेशिक संसदमा जाने प्रतिनिधिः २५६
कुल उम्मेदवार ( केन्द्रिय संसद)ः १, ६६३ (महिलाः १३०)
(प्रादेशिक संसद)ः २, ८१९ (महिलाः २२०)
मतदाता संख्याः १२, २३५, ९९३
पोलिङ् बुथः १५, ३४४
मतदान केन्द्रः ७,७५२
धेरै मतदाता भएको जिल्लाः मोरङ् (६४४,७८२)
सबैभन्दा कम मतदाता भएको जिल्लाः तेह्रथुम (६६,६६७)