श्रोत परिचालन र आर्थिक दिगोपन तालिम सम्पन्न

20
451

काठमाडौँ ३१ भदौ ।

सुशासनका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाको दक्षता अभिवृद्धिका लागि सञ्चालित तालिम आज यहाँ सम्पन्न भएको भएको छ ।
नेपाल सहभागितामूलक कार्य समूह (नेपान)द्वारा आयोजित श्रोत परिचालन र आर्थिक दिगोपन तालिममा देशभरिका १४ सामुदायिक संस्था र तीनवटा तिनका सहयोगी संस्था गरी १७ वटा संस्थाका ३१ जनाको सहभागिता रहेको थियो ।
युएसआइडी, एफएचआइको आर्थिक सहयोगमा सामाजिक जवाफदेहिता कार्यक्रमअन्तर्गत चार दिनसम्म सञ्चालन भएको तालिमको प्रमुख प्रशिक्षकका रुपमा उत्तम उप्रेती रहनुभएको थियो भने अन्य प्रशिक्षकमा महेश शर्मा, डा भोला दाहाल, गोविन्द पौडेल, रत्नबाबा तन्डुकार र पूर्ण चेम्जोङ्ग हुनुहुन्थ्यो ।
समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै नेपानका अध्यक्ष चेतनाथ कणेँलले यस किसिमको तालिमले स्थानीयस्तरमा सुशासन कायम गर्न धेरै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा नेपानका कार्यकारी निर्देशक फटिक थापाले यस किसमका तालिमको प्रभावकारिता निकै रहेकाले आगामी दिनमा पनि सञ्चालन गर्दै जाने बताउनुभयो ।