विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

शैक्षिक क्षेत्र सुधारका लागि निजी क्षेत्रलाई अधिकार

नगरकोट, ३१ जेठ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परीक्षा र अनुगमन बाहेकका विषयमा सरकारले निजी क्षेत्रलाई अधिकार दिनुपर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबमा मङ्गलबार आयोजित ‘शैक्षिक सवाल’ विषयक साक्षात्कार कार्यक्रममा अध्यक्ष सम्बाहाम्फेले सरकारले शैक्षिक क्षेत्रको विकास र सुधारमा उपेक्षा गरेको आरोप लगाउनुभयो । सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै उहाँले शिक्षाको सुधार तथा विकासबाटै जनतामा परिवर्तन र समृद्ध समाजको निर्माण हुने धारणा राख्नुभयो ।
सरकारले शिक्षा ऐन संशोधनका बारेमा शिक्षाविद् र सम्बन्धित सरोकारवालासँग छलफल नगरी आफ्नो मनोमानीरुपमा संशोधन प्रस्ताव अघि बढाएको गुनासो गर्दै यसरी गरिएको संशोधन आफूहरुलाई स्वीकार्य नभएको उहाँले बताउनुभयो ।
उहाँले निजी विद्यालयको शुल्क निर्धारणका विषयमा सरकारले अनुगमन गर्नुपर्ने बताउँदै विद्यालयले दिने सेवासुविधाका आधारमा शुल्क निर्धारण हुने हुँदा सबै विद्यालयको शुल्क एउटै हुननसक्ने बताउनुभयो । रासस

You might also like