वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ

61
1610

काठमाडौं, १४ मंसिर
वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ५४ वर्षीय शंकर लामालाई काठमाडौं नक्सालबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगी मुद्धामा १ बर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएको र हालसम्म फरार रहेका लामालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
प्रतिवादी लामा समेतले लम्जुङको आरीकोशी बस्ने यज्ञप्रसाद घिसिङ समेत १० जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन लगिदिन्छौं भन्दै २०६५ बैशाख २५ गते जनही ६ लाख रुपैयाँ लिई थाईल्याण्डसम्म पु¥याई अलपत्र छोडी वैदेशिक रोजगार ऐन २०६४ को विपरित कसूर गरेका थिए ।
लामालाई फैसला कार्यान्वयनको लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको सो ब्यूरोले जनाएको छ ।