वैदेशिक रोजगारीका नाममा कामदार ठग्नेलाई कारबाही गर्नका लागी छुट्टै ब्युरो बनाउने तयारी,, यो निर्णले म्यनपावर ब्यवसायी भने त्रशित

काठमाडौं, १५ साउन ।
वैदेशिक रोजगारीका नाममा कामदार ठग्नेलाई प्रहरीले कारवाही गर्नको लागी छुट्टै ब्युरो बनाउने भएको छ । म्यानपावर ब्यवसाय गरी कामदार ठगी गरेको आरोप भोग्दै आएको म्यानपावरलाइ काबाहिका लागी प्रहरीले नया प्रक्रिया अगाडी बढाएको हो । यता सो विषयमा वैदेशिक रोजगार व्यवसायी संघले चासो देखाएको छ । संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा गृहमन्त्री जनार्दन शर्माले यस्तो जानकारी गराएपछि व्यवसायी त्रसित भएका हुन् । संघका अध्यक्ष रोहन गुरुङले विज्ञप्ती जारीगर्दै गृहमन्त्रीको घोषणालाई नजिकबाट नियाली रहेको बताउनु भएको छ । म्यानपावर कम्पनीलाई ठगको लान्छना नलगाउन चेतावनी दिँदै संघले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने सोचभए आफूहरुसँग छलफल गर्न आग्रह पनि गरेको छ । तर म्यानपावरले ठगी गरेको भनेर महिनामा सयौ उजुरी आउनेगरेको छ ।