लेकसाइड शैक्षिक बिद्यलयमा जुकाको औषधी खुवाइयो

दुइपिपल (नुवाकोट) ९ असार ।

नुवाकोटको बेलकोटगढी ४ (साबिक दइपिपल ९) मा रहेको श्री लेकसाइड शैक्षिक बिद्याश्रममा जुकाको औषधी खुवाइएको छ । ७८ जना बिद्यार्थीहरुलाइ जिल्ला जनस्वास्थ्य कार्यलय नुवाकोट संग समन्वय गरी औषधी खुवाइएको लेकसाइड शैक्षिक बिद्याश्रमका शिक्षक डिल बहादुर लामाले जानकारी दिनुभयो ।

हरेक ६ ÷ ६ महिनामा खुवाउने जुकाको औषधी यसपटक पनी खुवाइएको जिल्ला जनस्वस्थ कार्यलय नुवाकोटले जनाएको छ । जुकाको औषधी निशुल्क पाइने हुनाले बालबालिकालाइ समयमै खुवाउन जिल्ला जनस्वस्थ कार्यलय नुवाकोटले आग्रह गरेको छ । सो बिद्यलयमा कक्षा तिन सम्म पढाइ हुने गरेको छ भने ४ जना शिक्षक कार्यरत रहेका छन् ।