लिविया र फ्रान्सबीच राजनीतिक सम्झौता बारे छलफल

0
194

ट्रिपोली, १९ भदौ ।

लिविया र फ्रान्सका विदेश मन्त्रीहरुले समसामयीक राजनीतिक अवस्था तथा लिविया र फ्रान्सकाबीचमा भविश्यमा हुने सम्झौताका बारेमा छलफल गर्नुभएको छ ।
राष्ट्रसंघको समर्थन रहेका लिवियाका विदेश मन्त्री मोहम्मद सायालाले सोमबार फ्रान्सका विदेश मन्त्री जेन यभेस ले ड्रिअनलाई लिवियाको राजधानी ट्रिपोलीमा भेट्नु भएको हो ।
लिवियाको विदेश मन्त्रालयको सञ्चार विभागले दुई पक्षका अधिकारीहरुकाबीचमा समसामयिक राजनीतिक घटनाक्रम र भावी सम्झौताका बारेमा छलफल भएको जनाएको छ ।