लागूऔषध सहित पक्राउ

मकवानपुर २५ पुस ।  हेटौडा उपमहानगरपालिका १९ दुधडेरी चोकबाट प्रहरीले अवैध लागू औषध चरेश ४ के.जी. सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३२ बर्षीय दिपक कुमार श्रीवास्तव, १८ बर्षीय छविलाल राम, हेटौडा उपमहानगरपालिका–१९ वस्ने ५४ बर्षीय राम बहादुर गोले र धादिङको गजुरी गाउँपालिका–८ वस्ने ४० बर्षीय तिलक बहादुर तामाङ रहेका छन् ।