बझाङ, ७ असोज 

बझाङको बंगल नगरपालिका–३ दहबगरबाट कैलालीको सहजपुरतर्फ लैजादै गरेको से १ ज १७५० नं. को जिपबाट प्रहरीले आज एक केजी पचास ग्राम लागुऔषध चरेश बरामद गरेको छ ।
जिप चालकको सिट मुनि लुकाइराखेको अवस्थामा अस्थायी प्रहरी पोष्ट, बिजगडाको प्रहरी टोलीले चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।
चरेशसहित कैलाली जिल्ला चुरे गाउँपालिका–१ का जिप चालक संगम आचार्यलाई पनि नियन्त्रणमा लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here