राजधानीमा भएका तीन बलात्कारका घटना

पछिल्लो एक महिना राजधानीमा तीन वटा आश्चर्य लाग्ने बलात्कारको घटना भएका छन् । तीन वटै घटनाको प्रहरीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आजको दृष्टि साप्ताहिकमा यो खबर छ ।

पुस ११ गते एक ८४ बर्षीय बृद्ध बलात्कार आरोपमा ललितपुरमा पक्राउ परेका छन् । १० बर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा टेकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

गत महिना महाराजगन्जस्थित एक स्कुलभित्रै बलात्कार भयो । स्कुलको १० कक्षामा पढ्ने छात्रालाई स्कुलकै कर्मचारी सुजन श्रेष्ठले बलात्कार गरेका हुन् । गत सता श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
रातको समयमा स्कुलको छतमा बोलाएर छात्रालाई श्रेष्ठले बलात्कार गरेका थिए । छात्रा सोही स्कुलको होस्टेलमा बस्दथिन् ।

ललितपुर महानगरीय प्रहरी वृत्त सातदोबाटोले एउटा समूहिक बलात्कार प्रकरणको अनुसन्धान गरिरहेको छ । मत मंसीर २ गते गोदावरीकी एक युवतीलाई बलात्कारपछि हत्या प्रयाश भएको थियो । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मदिराको नशामा रहेका बेला युवतीलाई एकान्त बाटोमा भेटेपछि उनीहरुले बलात्कार प्रयास गरेको अनुसन्धानबाट खुलेको छ । पछि ढुंगाले टाउकोमा हानेर उनीहरुले हत्या प्रयास गरेका थिए ।