रहस्यमय मृत्यु भएका मजदूरको सनाखत

16
222

पोखरा, १९ पुस पोखरा–लेखनाथ महानगरपालिका–१८, सराङकोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलको काममा कार्यरत रहस्यमय ढंगबाट मृत्यु भएका दुई मजदूरको चार दिनपछि सनाखत भएको छ ।

मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो । मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

सख्त घाइते २७ वर्षीय आङदाना शेर्पाको भने मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनी होसमा आएको प्रहरीले जनाएको छ ।

चारजना एकै ठाउँमा सुतेकामा गत आइतबार दुईजनाको मृत्यु, एक घाइते र एक बेपत्ता भएका थिए । बेपत्ताको प्रहरीले खोजी कार्य गरिरहेको छ ।

प्रहरीले अनुसन्धानका लागि केही मजदूरलाई नियन्त्रणमा लिएको छ । मृतक दुईजना मजदूरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा लगिएको छ ।