यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाइ हरायो, नेपाल फाइनलमा प्रवेश

22
609

काठमाडौ, ३१ भदौ ।
नेपाल (एसीसी) यू(१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई १० विकेटले पराजित गरी फाइनलमा पुगेको हो । टस जितेर पहिले मलेसियालाई व्याटिङको निम्तो दिएको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमै अलआउट गरेको थियो ।
नेपालले अब फाइनलमा सिंगापुर र हङकङ बीचको सेमिफाइनल विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि (एसीसी) यू–१९ एसिया कपमा छनौट हुनका लागि भने यस प्रतियोगिताको नेपालले उपाधि जित्नुपर्नेहुन्छ ।
यसअघि समूह चरणका खेलमा नेपालले थाइल्याण्डमाथि २५५ रनको जित हात पारेको थियो भने भुटानलाई ९ विकेट र सिंगायुरलाई ७ विकेटले पराजित गरेको थियो ।