यी हुन् विवेकशीला साझाका तीन प्रदेशसभा सदस्य

26
709

काठमाडौँ १३ पुस। विवेकशील साझा पार्टी केन्द्रीय समितिको बैठकले तीन जना प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फ प्रदेश नं ३ मा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौड्यालको नेतृत्वमा शोभा शाक्य र बिराज भक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा पठाईएको हो ।

विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठुलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ। यस प्रदेशमा पार्टीले समानुपातिक तर्फ एक लाख चौविस हजार चार सय बयालीस १,२४,४४२ मत प्राप्त गरेको थियो।

सिन्धुपाल्चोक घर भएका ३९ बर्षिय रमेश पौड्याल  विगत चार बर्षदेखि नविन र सुसंस्कृत राजनीतिक अभियानमा क्रियाशील छन् । पौड्यालले त्रिभुवन बिश्वबिद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं नेदरल्याण्डस् स्थित वागनिगन युनिभर्सिटीबाट विकास ब्यबस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । पौड्याल पार्टीको केन्द्रीय संयोजन समिति सदस्य एवं प्रवक्ता हुन् ।

त्यस्तै ललितपुरकी शोभा शाक्यले गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा प्रतिस्पर्धा गरेकी शाक्यले मतसहित दोश्रो स्थान हासिल गरेकी थिईन् । शाक्य पार्टीकी केन्द्रीय सदस्य हुन् । यता, विराज भक्त श्रेष्ठ पार्टीका केन्द्रीय सदस्य हुन्।