यसकारण अहिलेसम्मका प्रधानमन्त्री फितला

देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्रीले दैनिक औसत कति घण्टा काम गर्नुपर्ला ? यो प्रश्नको वस्तुगत जवाफ कसैसँग छैन । किनभने, राजनीतिक दल, प्राज्ञिक बौद्धिक समुदाय, सञ्चारमाध्यमर नागरिक समाजले मात्र होइन आम नागरिक र मतदाताले समेत सोध्दै नसोधेको र बेवास्ता गरेको तर सर्वाधिक महत्वपूर्ण प्श्न हो यो । आजको नेपाल साप्ताहिकमा यो खबर छ ।

कार्यकारी प्रमुखको योग्यता, क्षमता, ज्ञान तथा दैनिक कार्यसम्पादनको सीधा साइनो हुन्छ देशको सुशासन, सेवा प्रवाह र विकासको गतिमा । प्रधानन्त्री जति धेरै कामकाजी र पूर्णकालीन (फुल टाइमर) भया, त्यसको सकारात्मक असर शासन सञ्चालनमा पर्छ ।

तर, दुर्भाग्य विस २०४६ पछिका २७ बर्षमा देशले प्रधानमन्त्रीको भूमिकामा मात्र सीमित एक जना पनि पूर्णकालिन कार्यकारी पाएन । यस अवधिमा जो जो प्रधानमन्त्री भए, ती सबै आफ्नो दलको सभापति, अध्यक्ष र संसदीय दलको नेता पनि थिए ।

एक व्यक्ति, तीन पद
मनमोहन अधिकारी 
पद प्रधानमन्त्री, संसदीय दलका नेता, र अध्यक्ष (नेकपा एमाले)
अवधि नौ महिना (१४ मंसिर ०५१ देखि २७ भदौ ०५२)

लोकेन्द्र बहादुर चन्द 
पद प्रधानमन्त्री, संसदीय दलका नेता, र अध्यक्ष (राप्रपा(चन्द))
अवधि सात महिना (२९ फागुन ०५३ देखि २१ असोज ०५४)

सूर्यबहादुर थापा
पद प्रधानमन्त्री, संसदीय दलका नेता, र अध्यक्ष (राप्रपा)
अवधि सात महिना (२१ असोज ०५४ देखि २ बैशाख ०५५)

गिरिजाप्रसाद कोइराला
पद प्रधानमन्त्री, संसदीय दलका नेता, र सभापति (नेपाली कांग्रेस)
अवधि एक बर्ष एक महिना (२ बैशाख ०५५ देखि १७ जेठ ०५६)
दुई बर्ष चार महिना (९ चैत ०५६ देखि ११ साउन ०५८)
दुई बर्ष एक महिना (१२ बैशाख ०६३ देखि १५ जेठ ०६५)
तीन महिना (१५ जेठ ०६५ देखि २ भदौ ०६५)

पुष्पकमल दाहाल
पद प्रधानमन्त्री, संसदीय दलका नेता, र अध्यक्ष (नेकपा माओवादी केन्द्र)
अवधि नौ महिना (२ भदौ ०६५ देखि ११ जेठ ०६६)
नौ महिना (१९ साउन ०७३ देखि १० जेठ ०७४)

झलनाथ खनाल
पद प्रधानमन्त्री, संसदीय दलका नेता, र अध्यक्ष (नेकपा एमाले)
अवधि सात महिना (२० माघ ०६७ देखि १२ भदौ ०६८)

सुशील कोइराला
पद प्रधानमन्त्री, संसदीय दलका नेता, र सभापति (नेपाली कांग्रेस)
अवधि एक बर्ष आठ महिना (२८ माघ ०७० देखि २४ असोज ०७२)

केपी शर्मा ओली 
पद प्रधानमन्त्री, संसदीय दलका नेता, र अध्यक्ष (नेकपा एमाले)
अवधि नौ महिना (२५ असोज०७२ देखि १९ साउन ०७३)

शेरबहादुर देउवा
पद प्रधानमन्त्री, संसदीय दलका नेता, र सभापति (नेपाली कांग्रेस)
२३ जेठ ०७४ देखि हहालसम्म

एक व्यक्ति, दुई पद (तस्विरमा हुर्नहोस)