मौन अबधीमा पैसा बाँडेपछि राप्रपाका चितवनका नेता प्रहरी नियन्त्रणमा

0
115

भरतपुर २० मंसिर

चितवन मौन अवधीमा निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै राप्रपा संस्थापनका जिल्ला नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर ११ वरपिपल चोकमा राप्रपा संस्थापनका सिताराम छतकुलीको घरमा करिव २५ ÷३० जनाको महिला भेला गरेको सुचना को आधारमा प्रहरी त्यहां पुगेको अस्थाई प्रहरी चौकी भोजाडका इन्चार्ज उपेन्द्र चौधरीले जानकारी दिए ।

त्यहां पुग्दा राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे भने आफ्नो गाडीमा भागे पछि भरतपुर १० सिनर्जी चोकसम्म पिछा गरेर पक्रन सफल भएको उनले बताएकाछन् । गैरेलाई सिर्नजी चोकबाट पक्राउ गरी पुनः भरतपुर ११ मा रहेको नयां किरण मावीमा नियन्त्रणमा रहका अन्य दुईलाई एकैसाथ प्रहरी कार्यालय लगेको हो । अहिले राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे, भरतपुर ११ का राप्रपा वडा अध्यक्ष जगदिश अधिकारी थप अनुषन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा रहेकाछन्।  राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे संवाद मञ्च चितवनका संयोजक समेत हुन् । आचारसंहता विपरित भेला गराएर अविर,टिका खादा लगाइरहेको अवस्थामा उनीहरुलाई फेला पारेको आचार्यले बताए । उनीहरुले मतदातालाई प्रभावित पार्ने कार्य गरेको आशंकामा प्रहरीलाई खबर गरेको र प्रहरी देखेर अतालिंदै भागेको हुंदा शंकाको दायरा बढेको उनले बताए । मौन अवधीमा भेला गराई मतदातालाई रकम समेत बांडेको हुन सक्ने आशंका छ , उनले भने “  नत्र किन भागाभाग गर्नुपथ्र्यो  ” ? मौन अवधीमा निर्वाचन आचारसंहिता अन्र्तगत भेला गर्न, सभा गर्न,पार्टी प्रवेश तथा अविर टिका लगाएर मतदाता प्रभावित गर्न नपाइने निर्वाचन आयोगले उल्लेख गरेको  छ। आचारसंहिता विपरित कार्य गरेको प्रमाणित भए निर्वाचन आयोगले एक लाख रुपैंया जरिवाना देखि उमेदवारको उमेदवारी रद्ध गराउन सक्ने प्रावधान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here