मोटरसाइकलको ठक्करबाट मृत्यु

0
214

दाङ, ३१ भदौ ।

मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ ।
रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो । घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर–६ हात्तीखौवामा शुक्रबार दुर्घटनामा परी घाइते भएका गिरीको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएकामा उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ ।
मोटरसाइकल चालक तुलसीपुर–१९ का वसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि सवारी तथा यातायात व्यवस्था २०४९ अनुसार अनुसन्धान भइरहेको छ ।