मेक्सिकोमा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या बढ्दै

0
73

मेक्सिको सिटी (मेक्सिको), २४ भदौ ।
मेक्सिकोको ग्वाटेमालासँगको सीमा क्षेत्रमा अवस्थित चिपास राज्यमा गएको भुकम्पका कारण ओसाका क्षेत्रमा १० जनाको मृत्यु भएको छ भने अन्य क्षेत्रमा बाँकी पाँच जनाको मृत्यु भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाले ओसाका राज्यका गभर्नर अलेजान्द्रो मुरतलाई उद्धृत गर्दै भूकम्पका कारण ३२ जनाको मृत्यु भएको जनाएको छ ।
मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ८.१ म्याग्निच्युडको भूकम्प गएको र यसमा परी कम्तीमा १५ जनाको मृत्यु भइसकेको र केही बेपत्ता रहेको नागरिक सुरक्षा प्रमुख लुइस फेलिप पुएन्टले बताउनुभएको छ ।
भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुुस गरिएको उहाँले बताउनुभयो ।
मेक्सिकोमा केन्द्रविन्दुबाट करीब एक हजार किलोमिटर टाढासम्म भूकम्पको व्यापक असर परेको छ । भूकम्पले सो क्षेत्रमा कैयौँ घरहरू भत्किएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here