मकवानपुरको थाहामा निशुल्क स्वस्थ्य शिविर सम्पन्न

सिम्रन खड्का
थाहा (मकवानपुर), १८ असार ।
मकवानपुरको थाहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लायन्स क्लव अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको संयुक्त आयोजना, थाहा नगरपालिकाको आर्थिक सहयोगमा र नेपाल नेशनल हस्पिटलको प्राविधिक सहयोगमा सनिवार भएको निशुल्क स्वास्थ्य शिविर बाट १२५ पुरुष र १८० महिला गरि जम्मा ३०५ जनाले स्वास्थ्य सेवा लिएका छन् । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष भरत गोपालीको प्रमुख आतिथ्यता तथा लायन्स क्लव अफ पिस थाहाका अध्यक्ष लायन्स सुरेन्द्र मान प्रधानको अध्यक्षता शिविर सम्पन्न भएको थियोे । आर्थिक वर्ष २०७३÷७४को जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गतको बजेट रकमबाट भएको शिविरमा नेपाल नेशनल हस्पिटलका ८ विषशज्ञहरुले विरामीको परिक्षण गर्नु भएको हो । नेपाल नेशनल हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविरमा बालबालिका वृद्धवृद्धा तथा महिला विरामीहरुको परिक्षण गरिएको छ ।

शिविरमा हाडजोर्नी विशेषज्ञ, प्रसुति तथा स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, मृगौला रोग, शल्यक्रिया विशेषज्ञ, छाला रोग तथा छाती रोग विषेशज्ञबाट परीक्षण गराईने जनाएको छ । शिविरमा टिकट, ल्याव परीक्षण तथा अन्य परीक्षण लगायत औषधि समेत निःशुल्क वितरण गरिनुका साथै बृद्धबृद्धा, सुत्केरी तथा अपाङ्गता भएका विरामीहरुका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था समेत मिलाईएको थियो । जनकल्याण माविका प्राचार्य सानोभाई कार्की, लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित विष्ट, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख रिनेश अधिकारी लगायतले शिविरको फाईदाको विषयमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।