भ्रष्टाचारको मुद्धा लडिरहेका शर्माको घरमा बिस्पोट,

17
254

काठमाडौ, २ असोज ।
आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्य सचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका शर्माको काठमाडौंको बूढानिलकण्ठस्थित घरमा गएराति अपरिचित समूहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको थियो भने घटनास्थलमा विजुलीको तार फेला परेको छ । शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।