काठमाण्डौ, १६ भाद्र ।

यदि कुनै व्यक्तिलाई कसैले साथ नदिँदा कस्तो अवस्था आउँछ होला ? त्यस्तै वास्तविकता समेटेर बिगत ३ वर्ष देखि रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सर्जक दिपेनजी हमाल ’दीपित’ले “कसैले साथ दिन खोज्दैन“ बोलको लोकदोहोरी गीत बजारमा ल्याएका छन् ।

गीति एल्बम “जलाईएको माया“ को लागी प्रत्येक वर्ष एउटा(एउटा गीत निकाल्ने क्रममा यस पटक एकदम मार्मिक गीत ’साथ’लाई बजारमा ल्याएको दिपेनजी बताउँछन् । न कसैले साथ दिएको न त कालले नै लैजान खोजेको जस्तो मर्मस्पर्शी शब्दभाव यस गीतमा समेटिएको छ । गायक भुपेन्द्र पुलामी र गायिका भिमु गुरुङको सुमधुर आवाज रहेको यस गीतको शब्द दिपेनजी हमाल ’दीपित’ स्वयंले लेखेका हुन् भने लयमा अहिलेका निकै चर्चित लय संकलक विवश दर्लामी मगरले साथ दिएका छन् । लोकप्रिय नायिका अञ्जु निरौला र नायक विजय केसीको मार्मिक अभिनय रहेको यो गीतको भिडियो निर्देशन चर्चित निर्देशक प्रविण थापाले गरेका हुन् भने छायांकनरसम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । सार्थक डिजिटल म्युजिक प्रा.ली. को प्रस्तुती रहेको यो गीतले दर्शक, श्रोताहरुको मन जित्नेमा आफू ढुक्क रहेको गायक भुपेन्द्र पुलामीले बताएका छन् ।

भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here