‘भुकम्पपीडितलाई सहुलियत वितरित ट्याक्सीको दर्ता र नामसारीका क्रममा ३५ हजारदेखि १ लाख रुपैयाँसम्म घुस उठाएको भेटियो’

कर्मचारीले ६ महिनायता भुकम्पपीडितबाट साढे ७ करोड रुपैयाँभन्दा बढी घुस लिएका छन् ।

एकान्तकुनास्थित यातायात कार्यालयको ‘सानाठुला फाँट’ का केही कर्मचारीले सरकारले सहुलियतमा उपलब्ध गराएको ट्याक्सी दर्ता र नामसारीका नाममा प्रतिब्यक्ति ५० हजारदेखि एक लाख रुपैयाँसम असुलेका हुन् ।

सरकारले १८ जिल्लाका भुकम्पपीडितलाई गोलाप्रथाबाट १ हजार ५ सय ट्याक्सी वितरण गरेको थियो ।

ट्याक्सी किन्न चाहने पीडितसँग संकलन गरिएको १ लाख ४९ हजार ५ सय ५८ निवेदनका आधारमा गोलाप्रथाबाट उनीहरुलाई छनौट गरिएको थियो ।

त्यसक्रममा ‘संस्थागत र योजनाबद्ध’ ढंगले घुस असुलिएको श्रोतले बतायो ।, आजको कान्तिपुरमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here