भिरबाट लडेर एकको मृत्यु

पाल्पा, ३ साउन ।

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीका ५५ वर्षीय तुइनबहादुर विश्वकर्मा रहेका छन् ।
टुडानका भिरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । भिरुवासदेखि पेलाबास आउने क्रममा टुडानका भिरबाट लडेर उनको मृत्यु भएको मुझुङ्ग इलाका प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक रेशम जिसीले जानकारी दिनुभयो ।
साउनेसङ्क्रान्ति चाड मनाएर फर्केने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हो । स्वास्थ्य परीक्षणका लागि उनको शव जिल्ला अस्पताल पाल्पामा ल्याउने तयारी भइरहेको प्रहरी नायब निरीक्षक जिसीले जानकारी दिनुभयो । रासस