भारततर्फ लैजान लागेका बालकहरु सहित नियन्त्रणमा

जुम्ला, २६ पुस । जुम्लाबाट नेपालगंजतर्फ जाँदै गरेको ना.५ ख ४५२९ नम्बरको यात्रुवाहक बसमा ८ देखि १५ बर्ष उमेर समूहका २० जना बालकलाई भारततर्फ लैजान लागेको अवस्थामा राठी गाउँपालिका–३ छुमचौर बस्ने ३२ बर्षीय कर्म तामाङ र २९ बर्षीय छिरिङ तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कुडारीको प्रहरीले उक्त बसमा जाँच गर्ने क्रममा ती बालकहरुलाई भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी दुवैजनालाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।